ताप्लेजुङको फुङ्लिङ बैशाखेखर्कस्थित भेंडा गोठमा मही पार्दै किसान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान । तस्बिरः दिलकुमार लिम्बू / रासस

गाउँबाटै श्रमस्वीकृति
बलेवा, २७ वैशाख (रासस)ःबागलुङ जिल्लाको ताराखोला, काठेखोला र बडिगाड गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेका छन् । गाउँपालिकाहरुले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेका हुन् ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि दङ्ग छन् । यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । गाउँबाटै श्रम स्वीकृति पाउँदा वैदेशिक रोजगारीमा जाने युवाहरु उत्साहित भएको बडिगाडका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । वैशाखको पहिलो सातादेखि नै सेवा सुरु गरेको गाउँपालिकामा मङ्गलबार पहिलो पटक जापान जाने युवाले पुनः श्रम स्वीकृति लिएका छन् । बडिगाडा–५ का टेकबहादुर जिसीले जापानमा रोजगारीका लागि जान पुनः श्रम स्वीकृति लिनुभएको हो ।

श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुआत भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था गरिएको थियो । श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नं, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताउनुभयो ।

“श्रम स्वीकृति लिँदा तिर्नुपर्ने शुल्क बुझाउन बैंकिङ प्रणालीमा केही समस्या छ, अरू सबै काम अनलाइनबाट हुने भएकाले सहज हिसाबले काम भइरहेको छ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ थियो ।

श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने गाउँपालिकाले जनाएको छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट सेवा पाइएकाले सहज भएको वडिगाड–५ का टेकबहादुर जिसीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।