पाख्रीवास १० दाङसिङ ग्रामीण क्षेत्रको जंगलमा फुलेका सखुवा (साल)को रुख

धनकुटाको पाख्रीवास नगरपालिका १० दाङसिङ ग्रामीण क्षेत्रको जंगलमा फुलेका सखुवा (साल)को रुख । सखुवाको पातको दुना टपरी गाँसेर उपयोग गरिन्छ भने यसको काठ पनि उत्तिकै उपयोगी र मूल्यवान मानिन्छ ।
तस्बीर :शर्मिला राई/धनकुटा खबर

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
बेनी, २८ वैशाख (रासस) : घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वरिपरि गुराँसे जङ्गल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरेडाँडा क्षेत्र रङ्गीविरङ्गी गुराँसका फूलले चिटिक्क सजिएको छ ।

अभियान्ता डाक्टर महाविर पुनको अगुवाइमा सन् २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहरेडाँडामा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढेको मोहरेडाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापकन विनपुनले बताउनुभयो । “यहाँ आउने पर्यटक लोभिएर फर्कने गर्छन, प्राकृतिक सुन्दरताको छटासँगै रमाउँदा यहाँ आउने जो कोही पनि आफूलाई गौरव ठान्ने गर्छन, पर्यटकको चापले पर्यटन सिजनमा पर्यटकको भार थेग्न मुस्किल हुन थालेको छ”, पुनले भन्नुभयो ।

पर्यटकको सुविधाका लागि मोहरेडाँडामा रहेको सामुदायिक लजको क्षमता विस्तार गरिएको छ । पदयात्राका लागि आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको मोहरेडाँडामा फ्रान्स, जर्मनी, अमेरिका, रसिया, अष्ट्रेलिया, दक्षिण कोरियालगायतका देशबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने गर्छन् । घना जङ्गल र अग्ला पहाड भएर तयार भएको यस क्षेत्रको पदयात्रालाई पर्यटकले ‘साहसिक’ पदयात्राका रुपमा लिने गर्छन् ।

पहिलो पटक मोहरेडाँडा पुग्नुभएका काठमाडौँका सुरज बज्राचार्यले प्राकृतिक भ्यू प्वाइन्टका रुपमा रहेको मोहरेडाँडाको सुन्दरताले आफू लोभिएको बताउनुभयो । “घना गुराँसे जङ्गलको यात्रा निकै रोमाञ्चकृत हुँदोरहेछ, प्राकृतिक छटाले यहाँ आउँदा हुने सबै दुःख बिसाइदिँदो रहेछ, अन्नपूर्ण र धौलागिरि रेञ्जका दन्तेलहर हिमाललाई एकैठाउँबाट नियाल्नुको मज्जा नै छुट्टै भएको अनुभूतिभएको छ”, उहाँले भन्नुभयो ।

यस डाँडाबाट धौलागिरि, गुर्जा, चुरेन, मानापाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण, मार्दी, मनास्लु, माछापुच्छ«ेलगायतका करिब दुई दर्जन हिमाललाई अवलोकन गर्न सकिन्छ । डाँडाबाट हिमाल र सूर्योदयको दृष्यले आफूलाई मोहित तुल्याएको पोखराबाट भ्रमणमा आउनुभएका महेश पुनले बताउनुभयो । हिमालसँगै यहाँबाट पोखरा, फेवातालसँगै म्याग्दी, पर्वत र बागलुङका समेत भू–भागलाई अवलोकन गर्न सकिन्छ ।

हिमशृङ्खलाको अवलोकन, ग्रामीण जीवनशैली, रहनसहन र परम्परागत पशुपालन, कृषिसमेत यहाँका थप आकर्षण हुन् । यस क्षेत्रमा गरिने घुम्ती चौरीपालनसमेत पर्यटकको अवलोकनको रोजाइमा पर्नेगर्छ । बस्तीदेखि टाढा र घना जङ्गलको शीरमा रहेको मोहरेडाँडामा विद्युत्का लागि सोलार जडान गरिएको छ ।

यहाँ खानेपानीको मूल नभएकाले जङ्गलमा रहेका मूलबाट खच्चडमार्फत पानी ल्याएर प्रयोग गरिन्छ । क्षमताभन्दा बढी पर्यटक आउँदा मुख्यगरी खानेपानीको अभाव हुने गरेको लजका सञ्चालक पुन बताउनुहुन्छ । मोहरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै मोहरे, बेनीबाट घोरेपानी–पुनहिल हँुदै मोहरे र पर्वतको मिलनचोक–सालिजा–जलजला–हप्पाल हुँदै मोहरेमा पर्यटक पुग्ने गर्छन् । पछिल्लो समय पुनहिलदेखि मोहरे जोड्ने गुराँस पदमार्ग भएर धेरै पर्यटक मोहरेडाँडा क्षेत्रको भ्रमणमा जाने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖