धनकुटामा रैथाने बालीको परिकार बनाउने तालिम सम्पन्न

धनकुटा खबर संवाददाता,धनकुटा । धनकुटा नगरपालिका कृषि बिकास शाखाको आयोजनामा भएको दुईदिने रैथाने बालीको परिकार बनाउने तालिम आज एक समारोहका बीच सम्पन्न भएको छ ।

संघिय सरकारको सशर्त बजेट मार्फत गएको साल देखि धनकुटा नगरपालिकाले पालिका क्षेत्रभित्र परम्परागत रुपमा फल्दै गरेको बालीहरु तथा नेपालको अन्यत्र फल्ने र बजारको माग प्रसस्त्रै भएको बालीहरुको फलाउने र पकाएर बजारमा बिक्री गर्ने उद्धेश्यका साथ कार्यक्रम संचालन हुदै गरेको छ । यसै असार २ र ३ गते रैथाने बालीको परिकार बनाउने तालिम सम्पन्न भएको हो ।

तालिम कार्यक्रमके अध्यक्षता गर्नुभएको धनकुटा नगरपालिकाको उप प्रमुख भिमादेवी खनालले रैथाने बालीको प्रबर्धनको कार्यक्रम धनकुटा नगरमा संचालन भईरहेकोमा खुशी ब्यक्त गर्नुहुदै नगरपालिकाको कार्यक्रमहरुमा रैथाने बालीको परिकारको खाजा वा खानाहरु खाने परम्पराको बिकास गर्न सकिएमा त्यसबाट रैथाने बाली उत्पादन गर्ने कृषकहरु, यसको परिकार बनाएर बेच्ने होटल संचालकहरु, होमस्टे संचालकहरु, क्यान्टिन संचालकहरु तथा खाजाघरहरुले प्रसस्त्रै मात्रामा फाईदा लिन सक्नेछन । यसका साथै धनकुटा नगरपालिका नै रैथाने बाली र यसको परिकारमय हुने कुरा ब्यक्त गर्नुभयो ।

यसप्रकारका कार्यक्रम संचालनले सबैलाई फाईदा हुने भएकोले नगरपालिकाले समेत साझेदारी गर्न चाहेको बिषय प्रमुखताका साथ जोड दिनुभयो । जंगफुड तथा रासायनयुक्त खानेकुराको बिगबिगी भएको अवस्थामा स्थानीय सरकारले रैथाने बालीको प्रबर्धन गर्दा जनस्वास्थमा सुधार आउनुका साथै आर्थिक पाटोमा समेत योगदान पुग्ने बिचार राख्नुभयो ।

केही समय अघि मात्रै ईसिमोडको कार्यक्रम मार्फत आफुले रैथाने बाली संग्रहालय हेर्न पाएकोमा सरकारले यसमा ध्यान दिएको आफुलाई बिश्वास लागेको कुरा ब्यक्त गर्नुभयो ।

प्रमुख प्रशिक्षकको भुमिकामा रहनुभएका रमेश भण्डारीले नेपाल सरकारले पछिल्लो समयमा रैथाने बालीको प्रमोशन गरिरहेकोमा यसबाट उत्पादक, उपभोक्त, ब्यापारी लगायतका सबै नेपालीलाई फाईदा पुग्ने बिषयमा जोड दिनुहुदै यस प्रकारका तालिमको अवधि दुई अपुग रहेको र कम्तिमा ७ दिनको हुनुपर्नेमा जोड दिनुभयो । देशभरकै रैथाने बालीहरुको संकलनमा समेत आफुहरुले कार्य गरिरहेको समेतको बिषयलाई जोड्नुभयो ।

तालिममा महिला सहभागीहरुको तर्फबाट होमस्टे संचालक प्रभा पौडेल भट्टराईले तालिमबाट आफुले धेरैवटा रैथाने परिकार बनाउन सिकेकोले धनकुटा नगरपालिका र प्रमुख प्रशिक्षकलाई धन्यवाद ब्यक्त गर्नुभयो । यसैगरि पुरुष सहभागीहरुको तर्फबाट होमस्टे संचालक जीवनप्रसाद राईले आफुले तालिममा सिकेको बिषयहरु ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

तालिममा रैथाने बालीहरुको खेती गरिरहेका कृषकहरु, क्यान्टिन संचालकहरु, होमस्टे संचालहरुको छनौट भएका प्रतिनिधिहरुले तालिममा सहभागी हुन पाएका थिए । तालिममा ३ जना पुरुष र १६ जना महिला गरि कुल १९ जनाको सहभागिता रहेको थियो । तालिममा बिभिन्न रैथाने परिकार बनाउने व्रmममा जम्मा २१ वटा परिकारहरु बारे सिकाईएको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका कृषि बिकास शाखाका सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेकोमा कार्यक्रमको संचालन कृषि बिकास अधिकृत भक्तमान राईले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖