धनकुटाकी राईले आफ्नो घरको छत भरि यसरी लगाएकी छन् ड्रागन फल(भिडियो सहित)
धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ७ त्रिबेणी चौककी बिमला सन्तोषी राईले आफ्नो घरको छत भरि ड्रागन फल लगाउनु भएको छ ।
ड्रागन फलको कारण उहाको घरको छत खाली छैन । उहाले छतमै करिब ३५० बोट ड्रागन फल लगाउनु भएको हो । शिक्षण पेशामा आबद्ध उहाँको बिहान बेलुकीको बचेको समय घरकै छतमा रहेको ड्रागन खेतीमा बित्ने गरेको छ ।
“कोरोनाले बिद्यालय बन्द भएको बेलामा हामीले घरमै रहेर युट्युबमा हेरेर घरको छतमा पनि हुने रहेछ भनेर सुरु गरेको हो अहिले फल दिन थाल्यो” राई भन्नु हुन्छ ।
त्यसो त उहाहरुले तमोर नदीको किनारमा रहेको कुसेटारमा समेत करीब १ हजार बोट ड्रागन फल लगाउनु भएको छ ।


