राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कञ्चनपुर, ३० असार (रासस) ः कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् ।

श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताउनुभयो । “राना थारु समुदायको तिथि, मितिअनुसार यो वर्ष लौध (मलामास) पर्नाले तीज पर्व एक महिना पछि मनाउने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “राना थारु समुदायका अगुवा भलमन्सा, पध्नालगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ ।”

तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा यसलाई लिईने गरिन्छ । परम्परागतकालमा राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपश्चात् समाजबाट दुःख, पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्वतन्ती रहेको छ ।

सांस्कृतिक सामाजिक र भ्रातृत्व प्रेमले ओतप्रोत तीज पर्वमा दिदीबहिनीले दाजुभाइ भतिजाको लामो आयुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने गर्दछन् । दाजु भाइले तीजपर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । तीज पर्वको आगमनसँगै सार्वजनिक स्थान, बगैँचा र सामूहिकरुपमा भेला हुने ठाउमा दाजुभाइले दिदीबहिनीका लागि डोला (पिङ) राख्ने चलन रहेको छ ।

उहाँका अनुसार परम्परागत आभूषण र पहिरनमा सजिएका महिलाले डोलामा चढेर ठूलो स्वरमा सावनका माङ्गलिक गीत गाउने गर्दछन् । महिलाको एक टोलीले गीत गाउँदै डोला मच्चाउने गर्दछन् । डोलामा चढेकाले स्वरमा स्वर मिलाउँदै सावनका गीतहरू गाउने गर्दछन् । महिलालाई उत्साह थप्नका लागि पुरुषले ठूलो स्वरमा गीत गाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइ भतिजाबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको छ ।

दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइ भतिजाको दीर्घायुको कामना गरी तीज पर्व मनाउने गरेका छन । निरहार बसेका दिदी बहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् । गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहितले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्ति संगै बिर्षजन गर्ने चलन रहेको राना थारु संस्कृतिका जानकार नवलसिंह रानाले बताउनुभयो । बिर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् ।

बिर्सजन गर्न जाने बेला गाँउका युवाले दिदी बहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्र्यौली र मनोरञ्जन लिने गर्दछन् । जसलाई राना थारु भाषामा झुडकी छिराउने भन्ने गरिन्छ । तीजमा माइतीलाई भेट्न नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुख दुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन ।

तीजका अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।