ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी

समुद्र सतह्देखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी ।
चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न पोखरीमा पस्दा पोखरीमै लामा हराएको किंवादन्ती कथा रहेको स्थानीयवासी बताउँछन् । त्यसै समयदेखि यो पोखरीको नाम सुन पोखरी रहन गएको उनीहरुको भनाइ छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस


