डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन

काठमाडौँ, २२ साउन (रासस) : सौरमासअनुसार साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।

साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् । भक्तजनलाई सुविधा दिने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा विशेषगरी सोमबारको व्रत बसी हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनको भीड लागेको थियो ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शुद्ध जलमात्र भगवान् शिवलाई चढाएमा प्रसन्न भई मनावाञ्छित फल दिने विषय शिवपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा लाखौँ भक्तजनको साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा भीड लाग्ने गरेको हो ।

साउने सोमबारका अवसरमा आज एक सय ४१ जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । विशेष पूजाका लागि साउनको सोमबार रु सात हजारभन्दा माथिको मात्र रसिद काटिएको कोषले जनाएको छ । साउनको सोमबारको अवसर पारेर आज सांसद रेणु साह, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका गुरु र वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधनासहित दर्शन गर्नुभएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

ओम बोल बम काँवरिया सङ्घका १५ हजारभन्दा बढी भक्तजनले आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेको जानकारी पनि उहाँले दिनुभयो । शुद्ध जल लिन बोल बम यात्री आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए । बिहानै स्नान गरी शुद्ध जल ल्याएर भक्तजनले पशुपतिनाथमा अर्पण गरेका हुन् ।

पशुपतिनाथ मन्दिरमा पूजा, आराधना र दर्शनका लागि आउने भक्तजनलाई आज पशुपति क्षेत्रका चार स्थानबाट चन्दन बाँडिएको थियो । सानो सदावर्तअघि, घ्याम्पेपाटीअघि, चतुःषष्टि लिङ्गअघि र वरुणधारा छेउबाट चन्दन बाँडिएको थियो ।
साउनको चौथो सोमबार पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको थियो । देशका अन्य ठूला, साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।