राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम : तेइस वर्षमा छ अनुसन्धान

धनकुटा, २६ साउन (रासस) ः नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाले छवटा अमिलो जातको अनुसन्धान पूरा गरेको छ । सम्पूर्ण अमिलो फलफूलको अनुसन्धान सुरुआत गरेको २३ वर्षमो ती अनुसन्धान पूरा गरेको हो ।

विसं २०१८ मा धनकुटा नगरपालिकाको वडा नं १० पारिपात्लेमा सुन्तला बाली अनुसनधान केन्द्रका रूपमा स्थापित सो केन्द्रलाई २०५७ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो । केन्द्रले हालसम्म तीन ÷तीन सुन्तला र कागतीको अनुसन्धान पूरा गरेर खेतीका लागि सिफारिस गरेको कार्यालयका प्रमुख डा उमेश आचार्यले जानकारी दिनुभयो ।

यी सुन्तला र कागती यसअघि नै किसानले पारम्परिकरूपमा व्यावसायिक खेती गर्दै आए पनि विभिन्न अनुसन्धानपछि अनुसन्धानले आधिकारिकरूपमा भौगालिक आधार तोकेर खेतीका लागि सिफारिस गरेको हो । सिफारिस गरिएका जातको व्यावसायिक खेती गर्दा बैंकिङ कर्जा, बाली बीमा, अनुदानजस्ता सेवा–सुविधा लिन किसानलाई सहज हुने उहाँले जानकारी दिनुभयो ।

कार्यालयले विसं २०७२ मा एक सय मिटरदेखि एक हजार मिटर उचाइसम्म तराई क्षेत्रका लागि ‘सुन कागती १’ र ‘सुन कागती २’ को अनुसन्धान पूरा गरेको थियो । त्यस्तै कार्यालयले विसं २०७५ मा एक हजारदेखि एक हजार छ सय मिटर उचाइसम्मका लागि ‘तेह्रथुम स्थानीय’ कागतीको अनुसन्धान पूरा गरेको थियो ।

यसै वर्ष सोही उचाइका लागि खोकू सुन्तलाको अनुसन्धान पूरा गरेको कार्यालयले गत वर्ष यसै उचाइमा खेती गर्न गण्डकी प्रदेशका लागि ‘बाँस खर्क स्थानीय’ सुन्तलाको अनुसन्धान पूरा गरेको छ । त्यस्तै यो वर्ष कार्यालयले आठ सयदेखि एक हजार चार सय मिटरसम्म खेती गर्नका लागि पात्ले अगौटे जात सुन्तलाको अनसुन्धान पूरा गरेको छ ।

निकट भविष्यमा नै सिन्धली र रामेछाप जिल्लाका लागि नौ सयदेखि एक हजार पाँच सय मिटरसम्म खेतीका लागि ‘सिन्धुली स्थानीय’ जुनार जातको सिफारिस गर्न लागिएको डा आचार्यले जानकारी दिनुभयो ।

देश सङ्घीयतामा गएसँगै विसं २०७५ पछि नीतिगत समस्याका कारण अनुसन्धानको कर्मचारी दरबन्दी परिपूर्ति हुन नसक्दा अनुसन्धान प्रभावित भएको उहाँले जानकारी दिनुभयो । “सैतीस जनाको दरबन्दीमा छजनाले काम गर्नुपर्दा कार्यक्रम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “१३ जनाको प्राविधिक टोलीमा म एक्लो छु, अफिसमा बस्नु कि किसान कहाँ जानु ?”

आवश्यकतानुसारको सबै दरबन्दी भएको भए हालसम्म १५ देखि १७ जातसम्मको अमिलो फलफूलको अनुसन्धान सकिने उहाँको भनाइ थियो । चार सय रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रले हाल एक सय ५४ जातको अमिलो फलफूलको अनुसन्धान गर्ने क्रममा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖