निशान महिला उद्यमी वचत तथा ऋण सहकारी संस्था धनकुटाको ८ औं वार्षिक साधारण सभा सम्पन्न
धनकुटा । निशान महिला उद्यमी वचत तथा ऋण सहकारी संस्था धनकुटाको ८ औं वार्षिक साधारण सभा आज धनकुटामा सम्पन्न भएको छ ।
साधारणसभामा सहकारीका कोषाध्यक्ष दूर्गा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शेयर सदस्य रिता श्रेष्ठले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष ईश्वरी श्रेष्ठको अध्यक्षता तथा संविधान सभा सदस्य लिला सुब्बाको प्रमुख आतिथ्यमा सञ्चालित वार्षिक साधारणसभामा संविधानसभा सदस्य अञ्जना ताम्ली,जिल्ला सहकारी संघ धनकुटाका उपाध्यक्ष कमल लामिछाने,मानव अधिकारका लागि महिला एकल महिला समूह कोशी प्रदेश अध्भ्यक्ष मिना तुम्बा राई लगायतले शूभकामना मन्तव्य राखेका थिए ।


