धनकुटामा वृहत निःशुल्क स्वास्थ्य शल्यक्रिया शिविर आगामी असोजमा सञ्चालन हुने
धनकुटा,५ भदौ । अलोहा मेडिकल मिसनले गरिव, असायह र पहुच विहिनहरुका लागि संचालन गर्दै आएको वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर आगामी असोजमा सञ्चालन गर्नका लागि आज विभिन्न समितिहरु निर्माण गरिएको छ ।
धनकुटाका विभिन्न सरोकारवला निकायहरुको भेलाले अलोहा मेडिकल मिसनले २०२३ का लागि आगामी असोजको १ गतेदेखि १२ गते सम्म सञ्चालन गर्ने वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि विभिन्न समितिहरु निर्माण गरेको हो ।
भेलाले रोशेष श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति निर्माण गरेको छ । त्यस्तै संघिय सांसद राजेन्द्र कुमार राईको संयोजकत्वमा सल्लाकार समिति,सावित्रा राईको संयोजकत्वमा स्वागत तथा विदाई उपसमिति,निरेन तामाङको संयोजकत्वमा अनुगमन तथा निरिक्षण,सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको संयोजकत्वमा सुरक्षा तथा यातायात,पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा सूचना,संचार तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी स्वास्थ्य कार्यालयको संयोजकत्वमा रक्क्तसंचार तथा एंम्बुलेन्स, जिल्ला अस्पतालको संयोजकत्वमा फार्मेसी तथा सरसफाई,शम्भु प्रधानको संयोजकत्वमा स्यमसेवक परिचालन उपसमिति निमार्ण गरिएको मुल आयोजक समितिका संयोजक रोषेश श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै द्रोणप्रसाद गुरागाईको संयोजकत्वमा आर्थिक संकलन तथा परिचालन, जिल्ला अस्पताकोको संयोजकत्वमा अस्पताल आन्तरीक तथा अपरेसन व्यवस्थापन र पुरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा भोजन तथा आवास उपसमिति निमार्ण गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । विगतका बर्षहरुमा धनकुटामा गरिव, असायह र पहुँच विहिनहरुका लागि संचालन भएको वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा अलोहा मेडिकल मिसन अमेरिकाका बिशेषज्ञ स्वास्थ्यकर्मीहरुको टोलीले शल्याक्रिया गर्ने र थुप्रै सेवाग्राहीले त्यसको लाभ लिएको हुदा पुनः शिविर सञ्चालन गर्न लागिएको संयोजक श्रेष्ठले बताउनुभयो ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धनकुटास्थित नगरपालिका तथा गाउपालिकाका प्रमुख विभिन्न राजनैतिक दलका प्रमुखहरु, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा स्थानीय सरोकारवाला संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण लगायतका सेवा प्रदान गर्दै आएकोमा यो वर्षबाट घाँटीको समेत शल्यक्रिया हुने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा जटिल र सामान्य गरि ५ सय बढिको शल्याक्रिया गरीने आयोजकले जनाएको छ । शिविरमा ४५ जना विदेशी र स्वदेशी तथा स्थानीय २५ जना गरि ७० जना प्राविधिक टोली रहने र शिविरमा करिव १९ लाख खर्च हुने समेत आयोजकले जनाएको छ ।


