पहाडी घुँगी पस्कदै धनकुटा

जीवनपसाद राई । अन्तराष्ट्रिय जगतमा सिफुड र तराईमा थारुहरुको साँस्कृतिक खानपान संग जोडिएको परिकार घुँगीलाई अब धनकुटा नगरपालिका वडा नम्बर १ का कृषि उधमी तेज बहादुर राईले श्री ओक्मालुङ एग्रो फर्म संचालनमा ल्याई ब्यवसायिक उत्पादन शुरु गरेका छन । उनले यो बिगत २ बर्ष देखि घुँगीपालनको शुरुवात गरेका हुन । हाल नेपालमा खाना परिकारमा बिबिधता खोज्ने क्रम जारी रहेको र यस्तो परिकार खानाका लागि तराईमा थारुहरुको परिवार वा होमस्टेमा पुग्नु पर्दछ तर धनकुटामा अब चिसो हावापानीमा हुर्किएको घुँगी खाना पाईने भएको छ । शुरुमा परिक्षणका लागि लगाइएको यो घुँगी सफल भए पछि तेज बहादुर राईले ब्यवसायिक रुप दिएका छन । घुँगी स्वस्थकर मात्रै नभएर यसबाट शरिरले क्याल्सियम र प्रोटिन प्राप्त गर्दछ । यसको ब्यवसाय र ब्यापार संसारब्यापी अरबौ डलरमा हुने गरेको पाईन्छ ।

(जीवनप्रसाद राई
)

मुख्यत:  साततले धार्मिक गुफा तथा जैबिक बिबिधता बोकेको ओक्मालुङमा पर्यटकहरुलाई लक्षित गरि घुँगीपालनका साथमा माछापालन, सुन्तला खेती, एभोकाडो खेती, लगायतका कामहरु तेज बहादुर राईले गरिरहेका छन । साततले लुङधाङ गुफा क्षेत्र वरपर जैबिक बिबिधताको संसार रहेको छ । यहाँ सयौ प्रकारका जटिबुटी, सयौ प्रकारका वनस्पतिहरुको उपलब्धता रहेको छ । यसका साथै पानीको प्रसस्त्रै मात्रामा संभावना रहेको र सुन्दर झरना समेत छ । समुद्र सतहबाट १ हजार ४ सय मिटरको उचाईमा रहेको यो क्षेत्र चैत बैशाख जस्तो सुक्ख समयमा समेत हरियो रहने बिशेषताले समेत मानवका लागि मनोरन्जन गर्ने थलोको रुपमा ज्यादै ठुलो संभावना बोकेको क्षेत्र हो । यही संभावनाको वरिपरि रहेर यसप्रकारका कार्यहरु हुनु आफैमा ज्यादै राम्रो हो ।

धनकुटाको घुँगीको बिशेषता:
यहाँको घुँगी चिसो पानीमा हुर्केको हुनाले ढिलो बढ्ने गर्दछ । यसैगरि प्रजनन प्रव्रिmया पनि तराईमा भन्दा अलि ढिलो हुने गर्दछ । तर गुणस्तर र स्वादका कारणले भने यहाँको घुँगीमा माटो वा हिलोकोे गन्ध कतिपनि आउदैन, जुन तराईको घुँगीमा कहिलेकाँही गन्ध आउने गर्दछ । यसका साथै निकै नै स्वादिलो हुने गर्दछ । अक्सर चिसो हावापानीमा हुने जुनसुकै बस्तुहरु पनि तातो ठाँउको भन्दा मिठो हुने गर्दछ । कहिल्यै घुँगी नखाएका पाहुनाहरुका लागि पनि यहाँको घुँगीले आकर्षण गर्न सक्छ भने घुँगी पारखीहरुका लागि एकपटक खाए पछि पटकपटक खानाका लागि आउन सक्ने संभावना रहन्छ ।


घुँगी परिकार र धनकुटाको पर्यटन बिकास:
पछिल्लो समय धनकुटा हेर्न र देख्न चाहनेहरुको संख्यामा निकै बिस्तार भएर गएको छ । यसप्रकारको कार्यका लागि यहाँको एभोकाडो परियोजना, होमस्टे, फार्मस्टेको शुरुवातले समेत महत्वपुर्ण योगदान पुगेको देखिन्छ । यसका साथै यहाँको रैथाने परिकार तथा चिसो पानीको घुँगी परिकार पर्यटन बिकासको अर्को महत्वपुर्ण माध्यम हुनेछ । यसलाई पर्यटन संग जोड्नका लागि यहाँका होमस्टे, फार्मस्टे, खाजाघर, रेष्टुरेण्ट तथा होटलहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्दछन । त्यसका घुँगीको परिकार खाना चाहनेहरुका लागि मेनुमा समावेश गरि यसलाई पाहुनाहरुका लागि पस्कने । यसको शुरुवात केहीले गरिसकेका पनि छन । जसलाई निरन्तरता दिनुपर्दछ ।

स्थानीय सरकारको तदारुकता:
धनकुटा नगरपालिका ऐतिहासिक महत्व बोकेको एक पुरानो नगरपालिका हो । अहिलेको संघिय संबिधानले प्रत्येक स्थानीय तहलाई सरकार भनेको छ । यसैले धनकुटा नगरपालिका भित्र नयाँ र नौलोपनमा संचालन हुने कुनै पनि प्रकारका कृषि उत्पादनहरुलाई नगरले अपनत्व लिई यसलाई प्रवर्धन गरिदिनुपर्ने हुन्छ । यो नै नगर सरकारको प्रमुख दायित्व र जिम्मेवारी पनि हो । खासगरी साततले लुङधाङ गुफाको महत्वलाई बुझेर यसलाई बडेमाको परियोजना बैक बनाउनु आवश्यकता देखिन्छ । एकै ठाँउमा धेरै महत्वकाँक्षी परियोजनाहरु संचालन गर्न सकिने ठाँउ हो साततले गुफा । यसैले यसको राम्रो संगले डिटेल प्रोजेक्ट रिभ्यु –डिपिआर तयार गरेर संभावित दातृ निकाय वा सरकारहरु समक्ष माग गरिनुपर्दछ ।


जसका कारण यहाँ मानिसहरु आउने प्रसस्त्रै बातावरण तयार भई यहाँको घुँगीको महत्व बढेर जानेछ । अहिले एकै ठाँउमा उत्पादन भैरहेको घुँगी धेरै ठाँउमा फैलिएर गई यसले ठुलो उधोग र रोजगारीको सिर्जना गरिदिनेछ । यही बिषयलाई पुर्ति गर्नका लागि नै वास्तवमा स्थानीय सरकार चाहिने हो । यसप्रकारका बडेमाको परियोजना संचालन गर्न सकिने ठाँउ, कृषि उत्पादन, कृषि उधोग र रोजगारी सिर्जना गर्न सकिने क्षेत्रलाई नचिझै गर्नु स्थानीय सरकारको धेरै कमजोरी हो । यसका साथै सम्बन्धित कृषकले यसप्रकारका उत्पादनलाई थप प्रभावकारी रुपमा संचालन गर्दै निरन्तरता दिनु जरुरी रहेको देखिन्छ ।


(लेखक कृषि पर्यटनको क्षेत्रमा बिगत ३४ बर्ष देखि अनवरत रुपमा खोज, अनुसन्धानमा लागिरहेका ब्यक्ति हुन ।-सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖