ओली-नेम्बाङबीच सर्वदलीय बैठकमा भनाभन

६ भदौ, काठमाडौं । मंगलबार सर्वदलीय बैठक नबस्नुमा एमाले अध्यक्ष केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन । सुन तस्करी काण्ड छानबिनका लागि प्रस्तावित आयोग गठनबारे उनका फरक बुझाइले समेत काम गरेका थिए । त्यसैले सहमतिको मस्यौदा बन्न र संसद खुल्न बुधबारसम्म कुर्नुपर्‍यो ।

जाँचबुझ आयोग गठनको कार्यादेश र मस्यौदा बनाउन ओलीले आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष सुवास नेम्बाङलाई खटाएका थिए । कांग्रेसबाट रमेश लेखक र माओवादीबाट हितराज पाण्डे सहित नेम्बाङले सहमतिको ड्राफ्ट मंगलबार नै तयार पारेका थिए । ओलीले नेम्बाङलाई मंगलबार साँझ बालकोट बोलाएर यसबारे ब्रिफिङ समेत मागेका थिए ।

बुधबार ११ बजे सिंहदरबारमा डाकिएको सर्वदलीय बैठकमा भने ओली र नेम्बाङबीचको सौहार्दतामा केही तलमाथि परेको प्रष्टै देखियो । सर्वदलीय बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँग दुई बुँदे सहमतिको ड्राफ्टलाई लिएर नेम्बाङको सामान्य भनाभन पर्‍यो ।

‘के लेख्या यस्तो ? यस्तै हुन्छ सहमतिको ड्राफ्ट ?’ ओलीले सबैका सामू नेम्बाङतिर हेर्द भने, ‘लेख्न त नेपालीमै लेख्या हो । अलिक भाषा सिकाउनुपर्ने जस्तो छ ।’

ओलीको प्रस्तुतिले बैठकमा असहजता छाएको थियो । नेम्बाङले पनि आफ्नो दलका अध्यक्षको प्रस्तुतिसँग संकोच माने । उनले ओलीतिर नेहेरीकन जवाफ फर्काए, ‘लेख्नुपर्ने कुरा त्यहीँ लेखेको छ । भाषाको ज्ञान हुनेहरुले आफैं बुझ्नुपर्ने हो ।’

ओलीले दुई बुँदे सहमतिको कुन शब्द वा प्रसंगमा चित्त नबुझाएका हुन् भन्ने कुरा बैठकका सहभागीहरुले खुलाएनन् । बैठकले सुन काण्डको छानबिन गर्न असोजमा जाँचबुझ आयोग बनाउने लगायतका सहमति गरेको छ । onlinekhabar

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।