विपक्षीको बहिस्कारपछि कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

६ भदौ, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेका थिए । उनीहरु सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सभाध्यक्षको पनि मत प्रयोग गरेर विश्वासको मत लिएका थिए । त्यसको विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिस्कार गरेका हुन् ।

बैठक सुरु भएलगतै बोलेका राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले विश्वासको मत लिने प्रक्रियामा सभाध्यक्षबाट गैर संवैधानिक, गैर संसदीय अभ्यास भएका कारण बैठक बहिस्कार गर्ने बताए । उनीपछि बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले बैठकको अध्यक्षता गर्ने व्यक्तिले असंवैधानिक काम गरेको बताए ।

सभाध्यक्षले संविधानको ठाडो उल्लङ्घन गरेको बताउँदै उनले फेरि असंवैधानिक कदम हुनसक्ने भएकाले संसद बैठक बहिस्कार गरेको बताए । त्यसपछि एमाले सांसदहरुले ‘असंवैधानिक कदम मुर्दाबाद’ भन्दै संसदबाट बाहिरिएका थिए ।

बुधबारको बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । तर प्रतिपक्षले संसद बैठक बहिस्कार गरेपछि कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन् ।

सभाध्यक्षलाई प्रयोग गरेर विश्वासको मत लिएपछि नेकपा एमालेले संसदीय दलका नेता हिक्मतकुमार कार्की रिट लिएर सर्वोच्च पुगेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।