ललितानिवासको निर्णयकर्तालाई सुनपानी छर्केर चोख्याइयो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाएका छन् ।

निर्णयमा हस्ताक्षर गर्ने कर्मचारीलाई विमानको सिटबाट समातेर ल्याउने र निर्णय कर्तालाई उन्मुक्ति दिइएको भन्दै उनले आपत्ति जनाए ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै लामिछानेले सरकारले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई जोगाइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो ? आफ्नो ढोकासम्म नआएको हो ? ललितानिवास प्रकरणमा निर्णयमा हस्ताक्षर गर्ने कर्मचारी जहाजको सिटबाट पक्राउ गरियो । निर्णयकर्ता (पूर्वप्रधानमन्त्री)लाई सुनपानी छर्केर चोख्याइयो । सुन प्रकरणमा सत्तारुढ दलका नेताको नाम आउँदा बित्तिकै सुस्तायो’ लामिछानेले भने ।

सुन तस्करीमा माओवादी नेताका छोराहरूको नाम आउनासाथ सुस्ताएको उनले आरोप लगाए ।​
बुवा पुस्ताले गरेको त्यागको आधारमा माओवादी नेताका छोराहरू नवयुवराज बनेर तस्करीमा लागेको उनको आरोप थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖