अदालतलाई सन्दीपको जवाफ : गौशाला २६ को जन्ममितिको कागज खेल समर्थकले दिएका हुन्

७ भदौ, काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले पीडित किशोरी गौशाला २६ को जन्ममितिको कागज एक जना खेल समर्थकले दिएको अदालतमा जवाफ दिएका छन् ।

गत हप्ता काठमाडौं जिल्ला अदालतले सन्दीपले पेश गरेको गौशाला २६ को जन्ममितिको कागजको आधिकारिकतामा प्रश्न उठाएपछि उनले आइतबार यस्तो जवाफ दिएका हुन् ।

‘मैले सम्मानित अदालतमा बयान दिने दिन धेरै जना शुभचिन्तकहरु मलाई भेट्न आउनुभएको थियो र सोही क्रममा मेरो एकजना खेल समर्थकले उक्त जन्मदर्ताको किताबको सम्बन्धित पृष्ठको प्रतिलिपी दिनुभएको थियो’, सन्दीपले जन्ममिति कागजातबारे अदालतमा दिएको बयानलाई उधृत गर्दै जिल्ला अदालत स्रोतले भन्यो ।

२०७९ कात्तिक १५ गते बलात्कार मुद्दामा पहिलो पटक बयान दिने क्रममा सन्दीपले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको कागज पेश गरेका थिए ।

बलात्कारको अभियोग इन्कार गरेका सन्दीपले किशोरी (गौशाला २६) को उमेर १८ वर्ष भन्दा बढी भएको प्रमाणका रुपमा जन्मदर्ताको दर्ता किताब भन्दै सो कागज पेश गरेका थिए । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भनेको दिन उनी १८ वर्ष पूरा भइसकेको प्रमाणित हुने गरी सन्दीपले अदालतमा कागज पेश गरेका थिए ।

पछि अदालतले पनि गौशाला २६ को जन्मदर्ता रहेको वडाबाट कागजात र विवरण मगाएको थियो । वडा कार्यालयले ९ जेठ २०८० मा जिल्ला अदालतमा पठाएको पत्रमा अनलाइनमार्फत जन्मदर्ता भएकाले अभिलेख नरहेको जवाफ दिएको थियो ।

वडा कार्यालयले जन्मदर्ताको अभिलेख नरहेको भन्ने तर सन्दीपले पीडितको जन्मदर्ताको दर्ता किताबको प्रतिलिपि भनेर कागज पेश गरेपछि अदालतले प्रश्न उठाएको हो ।
गत साता जिल्ला अदालत काठमाडौंले उक्त जन्मदर्ताको कागज सन्दीपले कहाँबाट ल्याएका हुन् सनाखत गराई उनले उल्लेख गरेको ठाउँबाट प्रमाणित कागजात झिकाउनु भनी आदेश गरेको थियो ।

सोही आदेशका आधारमा सन्दीपले गत आइतबार जिल्ला अदालतमा कागज गरेको जिल्ला अदालत स्रोतले बतायो । आफूले हेर्दा उक्त प्रमाण गौशाला २६ सँग सम्बन्धित देखिएकाले न्याय निरुपणमा सहयोग हुनपुग्ने ठानी बयानका क्रममा पेश गरेको सन्दीपले बताएका छन् ।

उनले जिल्ला अदालतमा गरेको कागजमा भनेका छन्, ‘सो कागज मलाई कसले दियो, वहाँको नाम मलाई थाहा छैन, वहाँले सो कागज कहाँ र कुन निकायबाट ल्याउनुभयो सो मलाई थाहा छैन ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।