जसपाले नयाँ विधानअनुरूप विभाग गठन गर्ने, कात्तिक मसान्तभित्र नामावलीसहितको विवरण पठाउन निर्देशन

जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ विधानअनुरूप आफ्ना विभाग तथा सङ्गठनहरू गठन तथा पुनर्गठन गर्ने भएको छ ।

यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरूप प्रदेश समिति र राष्ट्रिय समितिहरू गठन र पुनर्गठन गरिने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले सङगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।

पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावलीसहितको साङ्गठनिक विवरण पठाउन पार्टी सङ्गठन र समितिलाई निर्देशन दिएको जारी विज्ञप्‍तिमा उल्लेख गरिएको छ ।

सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्ने गरी निर्देशन जारी गरिएको पनि प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले जानकारी दिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।