हर्क साम्पाङलाई झट्का, अधिकारी दम्पतीलाई धरपकड नगर्न आदेश

विराटनगर : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले सचेत गराएको छ । उपमहानगरपालिकास्थित सर्दु जलाधार क्षेत्रको जग्गालाई लिएर उच्च अदालतले मेयर साम्पाङलाई सचेत गराएको हो ।

उच्चले धरान बाँझगराको ९९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को रोजिना अधिकारीको नाममा रहेको जग्गा बारेमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सँग उत्पन्न विवादमा अधिकारीलाई धरपकड नगर्न, थुनामा नराख्न उच्च अदालत विराटनगरले सुनसरी जिल्ला प्रशासन सहित विपक्षीहरूको नाममा अन्तरिम निषेधाज्ञा जारी गरेको छ।

साउन ६ गते सोमबार सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै मेयर साम्पाङले समर्थक सहित अधिकारीको जग्गामा वृक्षारोपण गरेपछि रोजिनाले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले साउन ११ गते अनधिकृत प्रवेश नगर्न र वृक्षारोपण रोक्न आदेश दिएको थियो । उक्त आदेश विपरीत मेयर साम्पाङ गएको शनिवार पुनः सोही जग्गामा प्रवेश गरेपछि रोजिना तथा उनका पति रोशन अधिकारी बिच भनाभन भएको थियो ।

उक्त घट्नालाई मेयर साम्पाङले आफूसँग दुर्व्यवहार भएको भन्दै प्रहरीलाई पक्राउ गरी कारबाही गर्न उजुरी गरेको कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । मेयर साम्पाङले पक्राउ गर्न उजुरी दिएको सार्वजनिक भएपछि रोजिना अधिकारीले दिएको सम्भावित धरपकड, थुनामा राख्ने कारबाही विरुद्धको रिटमा उच्च अदालतका न्यायाधीश दिनेश प्रसाद यादवको इजलासले बिहीबार निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको आदेशमा भनिएको छ ‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागे सम्मका लागि कानुन बमोजिम बाहेक निवेदकलाई थुनामा नराख्नु, धरपकड नगर्नु नगराउनु साथै सो जग्गामा प्रवेश नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।