सारुक सम्झिएर रोइन् सृष्टि

काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारले फिल्म ‘ह्यासट्याग माया’का लागि गरेको अभिनय म्युजिक भिडियोमा आएको छ । फिल्मका निर्देशक राजीव गुरुङले फिल्मका दृश्य राखेर म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोको नाम ‘माया’ राखिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘माया’ सार्वजनिक गरिएको हो सार्वजनिक कार्यक्रममा सारुककी आमा रुकमणि ताम्राकार, अभिनेत्री सृष्टि श्रेष्ठ, मलिना जोशी, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला लगायतको अभिनय रहेको छ ।

कार्यक्रममा निर्देशक गुरुङले सारुकको निधनको कारण फिल्म पुरा गर्न नसकेको कारण उनको दृश्य म्युजिक भिडियोमा ल्याएको बताए । उनले आफ्नो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली भिडियो भएको बताए । गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय छ ।

कार्यक्रममा सारुककी आमा रुकमणिले आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । ‘सरुकले यो चलचित्रको लागि तीन वर्षदेखि समय दिएको थियो । यसलाई ठुलो पर्दामा हेर्न न पाएता पनि यहाँ हेर्न पाउँदा खुशी लाग्यो ’उनले भनिन् । उनले सारुकका अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्य तथ्य सार्वजनिक गरिदिन आग्रह गरिन् ।

कलाकार सङ्घका अध्यक्ष निरौलाले पनि ‘सारुकले न्याय पाउनु पर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुआत गरे । उनले भने,‘म यो परिवारसँग जोडिएको चार दशक भइसक्यो । उहाँहरू सरुकलाई गुमाउँदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुङ्ग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टि श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग बिदा भयो भन्ने स्विकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग छ । र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ’, अभिनेत्री श्रेष्ठले भनिन् ।

‘रानी’बाट अभिनेता बनेका ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका फिल्म अभिनय गरेका छन् । ताम्राकारले गत असार २१ गते आफ्नै रातोपुलस्थित निवासमा मृत भेटिएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।