चीन भ्रमणमा मानसरोबर रुटको विषय उठाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताएका छन्।

तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर शुक्रबार विहान बालुवाटार पुगेको सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन्।

प्रधानमनत्रीले ‘प्रचण्ड’ले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोबर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका हुन्।

शुक्रबार विहान सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिहरु र तातोपानी क्षेत्रका व्यवसायीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसद सापकोटाले प्रधानमन्त्री दाहाललाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरो देखि लिपिङ सम्मको करिब ३० किलोमिटर सरड स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवत जावत गर्ने सहमति भएको सन्दर्भमा सो रुट प्रयोग गरी मानसरोबर जान कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराएका थिए।

सापकोटासँगै ध्यानाकर्षणपत्र बुझाउन बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माईली तामाङ, भोटेकोशी गाउँ पालिकाका पूर्व अध्यक्ष राजकुमार पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिना, हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष रामहरी कार्की, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा लिका अध्यक्ष अर्जुन सापकोटा, महासचिव कृष्ण क्षेत्री, तातोपानी पर्यटन व्यबसायी संघका शेर बहादुर मगर, भुपेन्द्र भण्डारी, ध्रुब थापालगायत बालुवाटार पुगेका थिए।

सांसद सापकोटा नेतृत्वको सो टोलीले आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी सोही व्यहोराको ध्यानाकर्षणपत्र बुझाएको छ। गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अध्यागमन कार्यालय निर्माण एवं व्यवस्थित गर्ने विषयलाई जोड दिइएको छ भने परराष्ट्रमन्त्रीलाई नाकाको पूर्ववत सञ्चालन र मानसरोबर तिर्थयात्राका लागि रुटका लागि कुटनीतिक पहल दिइदिन ध्यानाकर्षण गराइएको छ।

ध्यानाकर्षण-पत्रमा भनिएको छ ‘बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको जुरेदेखि नाका सम्मको करिब ३० किलोमिटर सडक भुकम्प र बाढीका कारण नराम्ररी बिग्रिएको छ। जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ। चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाई हुन सकेको छैन, यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जाने छ भन्ने विश्वास व्यक्त गर्दछु।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।