आज यी जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश सानाठूला नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान छ । महाशाखाले आज सप्तकोसी, सुनकोसी, तमोर, दूधकोसी, कमला, वाग्मती र महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्ने जनाउँदै सर्तकता अपनाउन आग्रह गरेको छ ।

आज सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा र रुपन्देही भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, दाङ, डोटी, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीमा समेत बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।