बालेनको सचिवालय मर्मतसम्भार गर्न ५४ लाखको टेन्डर आवह्रान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालय मर्मत संम्भार गर्न टेन्डर आवह्रान गरिएको छ ।

शुक्रबार महानगरपालिकाकाे सार्वजनिक निर्माण विभागले एक सूचना निकालेर मेयरको सचिवालय मर्मत सम्भारको लागि टेन्डर आवह्रान गरेको हो ।

महानगरले ५३ लाख ८९ हजार ८३९ रुपैया ७१ पैसाको टेन्डर आवह्रान गरेको छ । आगामी असोज ७ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ।

यसअघि उक्त प्लाजामा होटल रेस्टुरेन्ट पसल लगायतका व्यापार व्यवसाय सञ्चालनमा रहेको थियो । होटल रेस्टुरेन्ट खाली गराएपनि फोहोर भएकाले रङ रोगन लगायत मर्मत सम्भार गर्नुपरेको महानगरपालिकाले जनाएको छ ।

मेयर बालेन साहकाे कार्यकक्षमा यसअघि दाेहाेरी साँझ चलाइरहेकाे ठाउँमा मेयर बालेन साहकाे कार्यकक्ष बनाउने तयारी भइरहेकाे छ । मेयरको कार्यकक्षमा दुई–दुईवटा एसी, छुट्टै किचन, मिटिङ रुम, विश्राम कक्ष र सेवा प्रवाह कक्ष रहनेछन् । अहिले मेयरकाे कार्यकक्ष तयार नहुँदा मेयर साह राष्ट्रिय सभागृहबाट काम गर्दै आइरहेका छन् ।

यससँगै महानगरले दरबारमार्ग र ठमेलको सडक तथा फुटपाथ मर्मतको लागि पनि टेन्डर आवह्रान गरेको छ । सुन्धारास्थित जेडीए कम्पलेक्समा रहेको कार्यालय केही महिनाअघि काठमाडौं प्लाजामा सरेको थियो ।

नेपाल ट्रस्टसँग काठमाडौं प्लाजा महानगरले भाडामा लिएको हो । महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षको सम्झौता गरेको थियो । काठमाडौं महानगरको आफनै कार्यालय टेकुमा दुई वर्षभित्र तयार हुँदैछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।