घनश्यामको आरोप- ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको परम्परा बन्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन् ।

नेकपा एसनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव भुसालले पछिल्लो समय ओेलीलाई माथ गर्ने ढंगले निन्दा र भर्त्स्ना गर्नेहरु नेपालको राजनीतिमा उदाइसकेको बताए ।

भुसालले भने, ‘कमरेड ओलीको उदयपछि नेपालको राजनीतिमा घृणा, निन्दाको भर्त्सना, गालीगलौजको संस्कृति परम्परा बन्दै गयो । अहिले आजीभन्दा दश हात निन्दा भर्त्सना अरु नै आइसके । बुढो प्रतिनिधिको ठाउँमा जवान प्रतिनिधिहरू आएका छन् ।’

भुसालले ओलीले जे गरे अझै १५ वर्ष आफूले विद्यार्थीहरूलाई त्यसबारे पढाउने बताए । रास्वपा र स्वतन्त्र मेयरहरूप्रति लक्षित गर्दै भुसालले निन्दा र गालीगलौजबाट राजनीतिमा स्थापित हुने परम्परात विकास भएकाले अनेरास्ववियूले संस्कारसहितको राजनीतिको अभियान चलाउनुपर्ने बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।