माधवलाई विस्थापित गर्ने झलनाथको प्लान !

काठमाडौं,८ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीको १०औं महाधिवेशनको मिती टुंगो लागेसँगै नेतृत्वमा दावेदारहरुले मुख खोल्न थालेका छन् ।

२०७८ को भदौमा नेकपा एमालेबाट विभाजन भएर नेकपा एस गठन भएपनि आफुलाई एमालेकै स्वरुप मान्दै एसले आगामी माघ १४ देखि १८ सम्म काठमाडौंमा १०औं महाधिवेशन गर्नेगरि मिति टुंगो लगाएको हो ।

महाधिवेशनको मिती टुंगिएसँगै नेताहरु नेतृत्व हत्याउने प्रयासमा जुटेका छन् । स्रोतका अनुसार आगामी महाधिवेशनमा हालका अध्यक्ष माधवकुमार नेपाल उठ्ने लगभग पक्कापक्की छ । तर उनलाई सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले टक्कर दिने भएका छन् ।

अहिले तत्कालीन एमालेबाट विभाजन भएर नेकपा एसमा आएका नेताहरुमध्ये अध्यक्षमा दाबेदारी प्रस्तुत गर्ने नेपालबाहेक अन्य नेताहरु नदेखेपछि खनाल महाधिवेशनबाट एकपटक पार्टीको नेतृत्व आफ्नो हातमा लिने प्रयासमा लागेका छन् । हाल पार्टी अध्यक्ष नेपाल र खनालको सम्बनध निक्कै तिक्ततापूर्ण रहेको बताईन्छ । गत महिना काठमाडौंमा बसेको नेकपा एसको स्थायी कमिटीको बैठकमा खनालले आफ्नो १६ पेज लामो फरक मत सार्वजनिक गरेपछि खनाल र नेपालको सम्बन्ध पानी बराबर भएको चर्चा हुने गरेको छ ।

खनालले स्थायी कमिटीमा पेश गरेको १६ पेज लामो दस्तावेजमा नेपाली कांग्रेस र माओवादीलाई प्रधान वर्ग शत्रु उल्लेख नगरेर पार्टीले कांग्रेसको पछलग्गु बन्नु गलत भएको उल्लेख गरेका थिए । उनले नेतृत्वको कार्यशैली खराब रहेको हुँदा कार्यकर्ता एमालेमा प्रवेश गरेको र कार्यकर्ता बिनाको नेकपा एस रावणको टाउको जस्तो कामै नलाग्ने भएको उल्लेख गरेका थिए ।

खनालले सार्वजनिक गरेको उक्त फरक मतप्रति आक्रोशित बनेका माधव नेपालले गत हप्ता बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा खनालले कडा शब्दमा जवाफ फर्काएका थिए । खनालले पनि नेपालले सार्वजनिक गरेको पार्टीको दस्तावेजमाथि टिप्पणी गर्दै आगामी महाधिवेशनमा नेतृत्वमा दाबी गर्ने प्रष्ट संकेत गरेका थिए ।

नेतृत्वमा नेपाल र खनालले दाबी गरिरहँदा कार्यकता भने दुबै नेतालाई पार्टीको भूमिकाबाट बिदा गरेर नेतृत्व हस्तानान्तरण गर्नुपर्ने पक्षमा छन् । नेकपा एसका एक नेताका अनुसार कार्यकता तवरबाट उपाध्यक्ष राजेन्द्र पाण्डेलाई अध्यक्ष बनाउर घनश्याम भुसाललाई महासचिव बनाउनुपर्ने पक्षमा छन् । यद्दपी महासचिवमा हालका उपमहासचिवद्धय जगन्नाथ थपलियार प्रकाश ज्वालाले आकांक्षा राखेको बताईन्छ ।
reportersnepal

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖