प्रचण्ड भन्छन्, ‘मधेशलाई सुख्खा क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउने भनेको थिएँ, त्यही दिन बाढी आयो’

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा काम गरिरहेको बताएका छन् ।

आज (शुक्रबार) समाजवादी मोर्चाको भेलालाई वीरगञ्जमा सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, विद्युत व्यापार लगायतका क्षेत्रमा उल्लेखनीय काम गरिरहको बताएका हुन् ।

उनले सरकारले किसान, मजदुरहरुको पक्षमा काम गरिरहेको बताए । मधेशी जनताको समस्याप्रति आफू गम्भीर रहेको बताउँदै उनले त्यहाँका जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मधेशमा लामो खडेरी पर्दा त्यहाँका जनताले भोग्नुपरेको पीडा आफूले महशुस गरेको उनको भनाई छ । उनले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरेर पीडित किसानलाई राहतको व्यवस्थापन गर्ने तयारीमा रहेको बेला पानी परेको बताए ।

‘अस्ती क्याविनेट बैठकमा प्रस्ताव बनाएर मैले मुख्य सचिवलाई भनिसकेको थिएँ, आजको क्याविनेटबाट मधेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेर मधेशको निम्ति राहत प्याकेज घोषणा गर्ने भनेको थिएँ । अब यो विधिको कुरा त्यही दिन पानी आएर बाढी बाढी भएछ,’– उनले भने ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।