राज्यमन्त्री सरहको पदमा चित्त बुझाउने तयारीमा आरजु

काठमाडौं, ९भदौ । सत्तापक्ष र प्रतिपक्षी दलबीचको लामो रस्साकस्सीपछि संसदीय समितिले नेतृत्व पाउने भएको छ । गत वर्षको मंसिरमा सम्पन्न आम निर्वाचनपछि गत बैशाख १५ गते प्रतिनिधि सभामा रहने १० वटा एकल र २ वटा सयुक्तगरि १२ वटा समिति गठन भएका थिए । समिति गठन भएपनि दलहरुबीच कुरा नमिल्दा समितिले नेतृत्व पाउन सकेको थिएन् ।

अब भने भदौ ११ गते समितिले नेतृत्व पाउने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले यहि भदौ ११ गतेका लागि समितिको सभापतिको निर्वाचन गर्नेगरि कार्यतालिका प्रस्तुत गरेका छन् । सभामुखले समिति सभापतिको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेसँगै सांसदहरुले समितिको नेतृत्व हत्याउन आफ्नो लबिङ तीव्र पारेका छन् ।

जसमा नेपाली कांग्रेसले ४ समितिको नेतृत्व पाउँने भएको छ । कांग्रेसले पाउने कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा समानुपातिक सांसद आरजु देउवाको चर्चा रहेको छ । देउवा पार्टी सभापति शेरबहादुर देउवाम पत्नीसमेत हुन् । यसअघि परराष्ट्रमन्त्री बन्ने चाहना राखेपनि असफल भएकी आरजु यसपटक राज्यमन्त्री सरहको सुविधासहित समिति सभापति बन्न लागेकी हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।