पार्टी निकट अनेरास्ववियुको बैठकमा माधव नेपालले भने, ‘म त पढाईमा साह्रै तेज थिएँ, मेरो न्वारनको नामै तेजकुमार’

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकलाई सम्बोधन गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले आफूले पढ्दाको समयलाई समेत स्मरण गरे । उनले अनेरास्ववियुको लामो इतिहास रहेको बताउँदै अनेरास्ववियुका विद्यार्थीहरुलाई देख्दा विगतको सम्झना ताजा भएर आएको बताए । माक्र्सवादी विचारबाट आफू १३ वर्षदेखि नै प्रभावित भएको उनले स्मरण गरे । आफू त्यसबेला पढाइमा पनि साह्रै तेज भएको उनले स्मरण गरे ।

‘तपाईँहरुलाई देख्दा विद्यार्थी कालको सम्झना ताजा भएर आएको छ । जम्माजम्मी १७ वर्षको उमेरमा म कम्युनिष्ट पार्टीको सदस्य भएको थिएँ । माक्र्र्स वादी विचारतर्फ म जम्माजम्मी १३ वर्षको उमेरमा नै प्रभावित भएको थिएँ । १३ वर्षमा जब म कक्षा १० मा पुगेको थिएँ, मैले १४ वर्षको उमेरमा त एसएलसी नै पास गरेको । मभन्दा मेरा जेठा दाजुहरु सबै जुनियर । पढाइमा तेज भएको हुनाले म दुई क्लास टपेर माथि पु्गेको थिएँ । हुन त मेरो जन्मिएको नाम तेजकुमार नै हो । न्वारनको नामै तेजकुमार,’– उनले भने ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।