एमाले सचिवालय बैठक भदौ १३ गते बस्ने

नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।​
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।

उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आजै विराटनगर आइसकेका छन् । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भने ।

एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।