‘अब मलाई नखोज्नु’ भनेर बेपत्ता भएका बुटवलका व्यवसायीको कुशको शव बनाएर दाहसंस्कार गरिँदै

रूपन्देही । एक साताअघि बेपत्ता बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन् ।

‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कविहीन भएका ढकालले चितवनको नारायणी नदीबाट हाम फाली बेपत्ता भएका थिए ।
गत शनिबार घरबाट हिंडेपछि सम्पर्कविहीन भएका ५३ बर्षीय गंगा ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री गर्ने गर्दथे ।

गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाईन्ट सहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शब बनाएर दाहसंस्कार गर्न लागिएको अौषधी ब्यबसायी बाबुराम भट्टराईले बताए ।

ढकाल आइतबार साँझ सवा ७ बजे सवैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको आधारमा चितवन प्रहरीले उनको खोजी गरिरहेको थियो । तर पनि भेट्टाउन भने सकेन ।

२ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैडाकोट प्रहरीमा सूचना दिएको र त्यहि आधारमा हाम फाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताइएको छ । व्यवसायी भट्टराईले देबघाटमा उनको हिन्दु परम्पराअनुसार दाहसंस्कार गर्न लागिएको बताए ।

आर्थिक रुपमा समेत अव्वल ढकाल किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेत आश्चर्यमा परेका छन् ।
सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका ढकाल स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ बाट परिवार बसाइँसराइँ गरी विक्रम संवत २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झरेको थियो ।

मध्यम वर्गीय परिवारका ढकालले दीपेन्द्र माविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेका थिए ।
०५१ सालबाट जागिरे जीवन सुरु गरेका ढकालले लामो समय विभिन्न कम्पनीका काम गरेका थिए ।

१२ वर्षसम्म औषधिमै काम गरेको अनुभवपछि ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री थालेका थिए । पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए । ७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेता हो । nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।