झलनाथको दाबी- अर्बौँ रुपैयाँ खर्चेर मान्छेलाई किनेर क्रिश्चियन बनाइँदैछ, यो संविधानविपरीत हो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्बौँ रुपैयाँ खर्च गरेर नेपालमा मान्छेलाई धर्म परिवर्तन गराउने खेती भइरहेको दाबी गरेका छन् ।

नेकपा एसको पार्टी स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा केन्द्रीय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले पैसाले किनेर मान्छेको धर्म परिवर्तन गराइएको बताए ।

खनालले भने– अहिले हेर्नुस् धरानमा निषेधाज्ञा छ, बिर्तामोडभन्दा यता दशौं हजार को जुलुस आएको छ । यहाँ साम्प्रदायिक सद्भाव भड्काउन विभिन्न शक्ति लागेका छन् । कहीँ गाई काटियो रे, कहीँ सुँगुर काटियो रे, कहीँ बाख्रा काटियो रे । यो किन हुन्छ भनेर मान्छे सडकमा आए । सरकार यसलाई किन नियन्त्रण गर्न सक्दैन रु पैसा बाँडेर,अर्बौँ रुपैयाँ बाँडेर यहाँ क्रिश्चियन बनाइँदैछ रे । मान्छेको इच्छा होला यो धर्म लिन्छु भन्ने तर यहाँ किनेर धर्म परिवर्तन गराइँदैछ ।

खनालले नेपालमा धर्म निरपेक्षताको बारेमा बहस आवश्यक रहेको भन्दै संविधानविपरीत धर्म परिवर्तनको काम बन्द हुनुपर्ने बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।