एकीकृत समाजवादीमा दीपक मनाङेको नेतृत्वमा युवाको समानान्तर भेला

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको समानान्तर बैठक बसिरहेको छ ।
संघका अध्यक्ष नरेश शाही नेतृत्वमा कालोपुलस्थित रत्न हलमा सचिवालय बैठक चलिरहँदा उपाध्यक्ष नितेश पौडेलको नेतृत्वमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा पनि बैठक बसिरहेको छ ।

दुवैतिर नयाँ नेतृत्व घोषणाको तयारी छ । अध्यक्ष शाही र महासचिव दीपक जिएम सहितको कालोपुल बैठकले कृष्णकुमार विश्वकर्मालाई संयोजक बनाउने तयारी गरेको छ । त्यो बैठक पार्टी उपमहासचिव एवम् मोर्चा फाँट इन्चार्ज विजय पौडेलको नेतृत्वमा चलिरहेको छ ।

कालोपुलमा विजय पौडेलको नेतृत्वमा भएको युवा संघको बैठक ।
बानेश्वर बैठकको नेतृत्व भने दीपक मनाङेले गरिरहेका छन् । यो बैठकबाट उपाध्यक्ष पौडेलकै नेतृत्वमा युवा संघको नयाँ नेतृत्व घोषणा गर्ने तयारी छ ।

एकीकृत समाजवादीले सचिवालय बैठकबाट संयोजक र महासचिव रहने गरी नयाँ नेतृत्व घोषणा गर्न युवा संघलाई निर्देशन दिएपछि समानान्तर नेतृत्व घोषणा हुन लागेको हो ।
संघका उपाध्यक्ष पौडेल पार्टी अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिवसमेत हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।