गाईगोरु काट्नु मान्छे काट्नुसरह होः पूर्वसचिव उपाध्याय

काठमाडौं, १० भदौ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले गाईगोरु काट्नु मान्छे काट्नुसरह भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कानुनले वर्जित गरेको काम गर्ने छुट कसैलाई पनि नरहेको बताए ।

गौहत्याको समस्या देशैभर रहेको बताउँदै उनले धरानको घटना इपिसेन्टरको हिसाबले विकास भएको उनको भनाई छ ।

‘यो समस्या अरु ठाउँमा पनि छ, धरानमा प्रकट भयो । एक किसिमको इपिसेन्टरजस्तो । सविधानले वर्जित गरेको, फौजदारी कसुर मानिने हाक्काहाक्की लाईभ गर्दै गोरु काटियो । त्यो मान्छे काटे सरह हो ।’ उनले भने, ‘मान्छे मार्दा जन्मकैद छ तर, गाईगोरु मार्दा तीन वर्ष कैद छ । चोटपटक लगायो भनेपनि छ महिना कैद छ । नेपालको हकमा संरक्षित प्राणी हो ।’

धरान उपमहानगरमा उक्त घटना भएकाले त्यसको पूरै जिम्मेवारी मेयर हर्क साम्पाङले लिनुपर्ने बताए । मेयरले उक्त घटनाको जिम्मेवारी लिएर सबै समुदाय र माथिल्लो तहको सरकारको सहयोग लिएर समस्याको समाधान खोज्नुपर्ने उनको भनाई छ । reportersnepal

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।