अभिनेता सानु ताम्राकारको अन्त्येष्टि

शनिवार दिउँसो निधन भएका अभिनेता सानु कुमार ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएका थियो । उनीप्रति फिल्मकर्मी एवं शुभेच्छुकले आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरीरमा नेपाल चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको थियो ।

उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता नीर शाह, धीरेन शाक्य, अभिनेत्री लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायतका कलाकार आर्यघाट पुगेका थिए ।

कलाकार संघका पूर्व कार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको ७४ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकारलाई तीन साताअघि अस्पताल भर्ना गरिएको थियो ।गत असार २१ गते छोरा तथा अभिनेता सारुकले आत्महत्या गरेपछि उनी पीडामा थिए । थुप्रै नेपाली फिल्म एवं टेलिसिरियलमा अभिनय गरेका ताम्राकारको निधनमा शनिवारदेखि नै फिल्मकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।