माओवादी केन्द्रले गठन गर्‍याे आइसिटी फोरम

काठमाडौं। माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ। आज पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन्।

पछिल्लो समय त्याग सर्मपण भन्दा पनि हल्ला कै भरमा संगठन बनाउने ट्रेन देखिएको हुँदा, त्यस्ताे तरिकालाई क्रस गर्ने गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो संगठन गठन गरीएको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले भने, ‘अहिले को युग सुचना प्रविधिको युगको रुपमा स्थापित भएको छ। यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ। विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ। त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको छ। यसको संगठन ग्रास रुटसम्म यसको संगठन बिस्तार हुन्छ, समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति विचार र कालाई प्रचार गर्नेछ। यसले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्छ। आइसिटी फोरमले हल्ला कै भरमा संगठन बनाउने ट्रेन तरिकालाई क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ।’

पार्टीको तीन महिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोग कति गर्छौ त्यसमा भर पर्ने बताउँदै सोही अनुरुपम काम गर्न नवगठित आइसिटि फोरमलाई प्रधानमन्त्री दाहालले निर्देशन समेत दिए।

आसिटीको महत्वलाई बुझेर पार्टीले जुन किसिमको महत्त्व दिएको छ त्यही अनुरुप काम गर्न आग्रह गरे। कार्यक्रमको संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्यले गरेका थिए। उनले अहिले आइसिटी फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने जानकारी दिए।

सो कार्यक्रममा प्रधानन्त्री एंव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा , जवसका इन्चार्ज पम्फा भूसाल , सूचना तथा संचार मन्त्री रेखा शर्मा लागायतको उपस्थिति थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।