म सबै धर्मलाइ बराबर ठान्छु : हर्क सामपाङ
काठमाडौँ, १० भाद्र । धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले सबै धर्मलाइ बराबर ठान्ने बताएका छन्।
सामाजिक संजालमा निकै नै उपडेट भईरहने मेयर साम्पाङले सबै धर्मलाई बराबर ठान्ने र उचित सम्मान दिने बताएका हुन् ।
‘तिमि र म मा फरक भन्दै उनले लेखेका छन्, ‘तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ । म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु ।’
उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको आरोप समेत लगाएका छन्।
मेयर साम्पाङले भनेका छन्, ‘तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ। म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु ।’


