माओवादीले राप्रपालाई छाड्यो विकास समितिको नेतृत्व, माधवको सट्टा दीपक सिंह उम्मेदवार
१० भदौ, काठमाडौं । सत्तारुढ माओवादी केन्द्र आफूले पाएको पाएको एउटा संसदीय समितिको सभापति राप्रपालाई छाडेको छ ।
सहमतिअनुसार पूर्वाधार विकास समितिको सभापतिमा दिपक सिंह उम्मेदवार बनेका छन् । माओवादीले सभापति बनेको भनेका माधव सापकोटा चाहिँ उनको प्रस्तावक बनेका छन् ।


