धनकुटामा हुने नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरको तयारी तीब्र
धनकुटा । गरिब,असाहय र पहुँच विहिनहरुका लागि धनकुटामा सञ्चालन हुने वृहत नि:शुल्क स्वास्थ्य शिविरका लागि व्यापक तयारी जुट्ने शिविर मुल आयोजक समितिको वैठकले निर्णय गरेको छ ।
वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर मूल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षमा सोमबार बसेको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख तथा स्वागत समितिका संयोजक सावित्रा राईले गरिव र असायहको लागि यो शिविर जीवनदान हुने वताउनु भएको छ । त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिविरलाई सफल बनाउन सवै लाग्नु पर्ने वताउनु भयो ।
बैठकमा स्वास्थ्य शिविर आर्थिक समितिका संयोजक दोर्ण गुरागाई,रक्तसंचार समितिका संयोजक नरेन्द्र पोखरेल,प्रचार समितिका संयोजक नगेन्द्र राई,आवास समितिका संयोजक पुरेन्द्रलाल श्रेष्ठ,सचिवालय सदस्यहरु विजय सन्तोषी राई,सुनिल डंगोल,राजन पौडेलरत्न दर्लामी,विष्णुमाया कन्दङ्वा,देवेन्द्र प्रधान,ज्योती प्रधान,रेणुका कार्की,नेपाल रेडक्रस सोसाईटी धनकुटाका कार्यालय सचिव विष्णु कृष्ण जोशी लगायत सूरक्षा निकायका प्रतिनीधिहरुले शल्यक्रिया स्वास्थ्य शिविरको व्यापक प्रचार प्रसार गरी लक्षित वर्ग सम्प पु¥याउनु पर्नेमा जोड दिए ।
जिल्ला अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशबाट आउने विशेषज्ञ डाक्टहरुलाई धनकुटाको चुवावोट ग्रिन पार्कमा परम्परागत बाजागाजा सहित भव्य स्वागत गर्ने मुल आयोजक समितिका संयोजक श्रेष्ठले वताउनु भयो ।
स्वास्थ्य शिविरमा पित्तको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,लिङ्गमा मासु टासिएको, गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गरिने मुल आयोजक समितिका संयोजक श्रेष्ठले वताउनु भयो । शिविरमा अमेरिका सहित विभिन्न देशका ५५ जना बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलिले स्वास्थ्य सेवा दिने सचिवालय सदसय पुरेन्द्रलाल श्रेष्ठले वताउनु भयो ।
अलोहा मेडिकल मिसन अमेरिका,धनकुटा अस्पताल र सल्भ नेपालको संयुक्त आयोजनामा गरिव असहाय र पहुच विहिनहरुका लागि अशोज १ देखी १२ गते सम्म सञ्चालन हुने वृहत स्वाथ्य शिविरमा शल्यक्रिया गर्नै पर्ने विरामीहरुलाई सेवा दिईने सचिवलाय सदस्य राईले वताउनु भएको छ ।


