टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

रामपुर (पाल्पा), १३ भदौ : शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना गरिएको हो ।

यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको तपोभूमि टापुधाममा माटोबाट बनेको १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग आठ फिट लम्बाइ, आठ फिट चौडाइ र आठ फिट गहिराइको खाल्डोमा राखेर साना शिवलिङ्गको माथिल्लो भागमा शिलाबाट बनेको पञ्चमुखी शिवलिङ्ग स्थापना गरिएको समितिका संयोजक तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताउनुभयो ।

अखण्ड नेपाल निर्माणको सङ्कल्पसहित विभिन्न स्थानमा तीन करोड शिवलिङ्ग स्थापना गर्ने अभियानमा सक्रिय धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्निशम्शेर प्रताप शाह)को सङ्कल्पअनुसार वैदिक विधि पूरा गरी प्राण प्रतिष्ठासहित शिवलिङ्ग स्थापना गरिएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका रूपमा रहेको कालीगण्डकी नदी, यहाँ पाइने शालिग्राम शिलाको संरक्षण, धार्मिक प्रवर्द्धनका लागि टापुधाम क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै जाने बताउनुभयो ।

“कालीगण्डकी नदीसँग जोडिएको टापुधाम क्षेत्र धार्मिक पर्यटनका लागि अत्यन्तै सम्भावना बोकेको छ, कालीगण्डकी करिडोर सडकखण्ड यसकै आडमा रहेकाले आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासका काममा जोड दिनेछौँ”, नगरप्रमुख थापाले भन्नुभयो ।

नेपाललाई अखण्ड राख्न सङ्कल्पका साथ विगत चार वर्षदेखि तीन करोड शिवलिङ्ग स्थापना गर्ने अभियान सञ्चालन गर्दै आइरहेको धार्मिक अभियान्ता योगी अक्षर ब्रह्म अग्निशम्शेर प्रताप शाह बताउनुहुन्छ । अबदेखि टापुधाममा शिवलिङ्ग स्थापनासँगै भगवान् शिवको प्रसादका रूपमा रहेको विशेष विधिअनुसार तयार गरिने रोट मन्दिरमा चढाउने व्यवस्था गरिने समितिले जनाएको छ ।

टापुधाममा नेपाल पर्यटन बोर्ड र रामपुर नगरपालिकाको सहकार्यमा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको छ । विश्वमा नै शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी तटमा अवस्थित यो क्षेत्रलाई रामपुर नगरपालिकाले शालिग्राम गृह बनाएर सङ्कलन तथा संरक्षण गरेर राखेको छ ।

कालीगण्डकी नदीको तटमा रहेको टापुधाम, रामघाट, उत्तरबाहिनीलगायतका विभिन्न क्षेत्रमा शालिग्राम सङ्कलन गरेर राखिएको छ । चारवटै वेदमा शालिग्राम भगवान्को अंश भएको उल्लेख हुनुले आदिकालदेखि नै शालिग्रामको उत्पत्ति, महत्व र प्रचारसमेत देखिन्छ । शालिग्राम भगावन्को अवतार हो भन्ने जनविश्वास रहेकाले यसलाई भगवान्का रुपमा पुज्ने गरिन्छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।