पाख्रिबासमा ‘रक्तदान जीवनदान’ कार्यक्रमको आयोजना
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा “रक्तदान जीवनदान” कार्यक्रम हुने भएको छ ।
विश्व आत्महत्या रोकथाम दिवस- २०८० को अवसरमा “Give blood, give plasma, share life, share often” नाराका साथ विरामीको सेवामा सहभागी पुर्याउन उक्त कार्यक्रमको आयोजना गरिएको नगरद्वारा सम्प्रेषित सुचनामा उल्लेख छ ।
नपाको आयोजनामा भदौ २४ गते पाख्रिबास आधारभूत अस्पतालमा बिहान १० बजेदेखि बेलुका ४ बजे सम्म कार्यक्रम हुने जनाइएको छ ।



