पाख्रिबासमा ‘रक्तदान’ कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा “रक्तदान ” कार्यक्रमको आयोजना गरिएको छ ।
विश्व आत्महत्या रोकथाम दिवस- २०८० को अवसरमा “Give blood, give plasma, share life, share often” नाराका साथ विरामीको सेवामा सहभागी पुर्याउन उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
पाख्रिबास नगरपालिकाको आयोजनामा पाख्रिबास आधारभूत अस्पतालमा बिहान १० बजेदेखि बेलुका ४ बजे सम्म कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रमको सहयोगी संस्थाहरुमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा,धनकुटा र पाख्रिबास ब्याडमिन्टन एकेडेमी, धनकुटा रहेका थिए ।






