बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा धनकुटाका थापा चयन

नरेन्द्र कश्चित,धनकुटा । बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा धनकुटाका कोशी प्रदेश सांसद इन्दिरा थापा चयन हुनुभएको छ ।

बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको काठमाडौमा विहीबार बसेको साधारण सभाबाट धनकुटाका कोशी प्रदेश सांसद थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.जय बहादुर टन्डन, महासचिबमा डा.विजय मिश्र र कोषाध्यक्षमा राजन खत्री चयन हुनभएको छ । त्यस्तै सदस्यहरुमा प्रा.डा.बिपिन अधिकारी, प्रा.डा.जिवराज पोख्रेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, हरि ढुंगाना, डा.तुलसी गौतम, मेयर बसन्त बस्नेत र इलामका क्रियाशील युवा निस्कल राई चयन हुनुभएको छ ।

नयाँ कार्यसमितिको हिजो बसेको बैठकले ७७ वटै जिल्ला र सातवटै प्रदेशमा बीपी संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सभाको बैठकले पहिलो चरणमा जिल्ला स्त्तरीय संवादअन्तर्गत धनकुटा र प्रदेशस्तरीय अन्तर्गत कोशी प्रदेशको इटहरीमा वीपी संवाद कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरिएको बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालका अध्यक्ष थापाले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।