पाख्रीवास ८ का जेष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रमको उद्घाटन

धनकुटा । आजबाट धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का जेष्ठ नागरिकहरुको लागि नियमित स्वास्थ्य परिक्षण तथा औषधि वितरण कार्य शुरु गरिएको छ ।

जेष्ठ नागरिकहरुलाई सहज हुने स्थानमै स्वास्थ्य सेवा दिने लक्षका साथ यो कार्यक्रम थालिएको वडाले जनाएको छ । यो कार्यक्रमको पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङले उद्घाटन गर्नुभएको छ । ८ नं वडाध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुङले यो कार्यक्रमले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था कस्तो छ ? भावी दिनमा कस्तो शतर्कता अपनाउनु पर्छ ? भन्ने कुरामा सजग गराएको बताउनु भयो ।

उहाँले चिकित्सकको सल्लाह सुझाव अनुसार आफ्नो स्वास्थ्य अवस्थाको वारेमा ध्यान दिन जेष्ठ नागरिकहरुलाई सुझाव पनि दिनुभयो । यस्तो कार्यक्रम नगरमै पहिलो भएको भन्दै उहाँले आवश्यक परे यो कार्यक्रमको लागि नगरले पनि सहयोग गर्ने उल्लेख गर्नुभयो ।

शुरुवातको दिन आज २७ जनाको स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिएको छ । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये केहिलाई प्रेसर, केहिलाई सुगरको समस्या देखिएको पाख्रीवास आधारभूत अस्पतालका डा. अंकित शर्माले वताउनु भएको छ । उनिहरुलाई आवश्यकता अनुसार औषधि तथा सल्लाह सुझाव दिईएको छ ।

कार्यक्रममा डा. शर्मा सहित मुगा स्वास्थ्य चौकी ईञ्चार्ज मीन बहादुर शाही,रन्देश राई लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
वडाका विभिन्न ६ स्थानमा यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिने जानकारी दिईएको छ । यो कार्यक्रमको लागि वडाबाट २ लाख ३० हजार वजेट विनियोजन गरिएको वडाले जनाएको छ ।

कार्क्रममा वडा सदस्यहरु गंगादेव राई,हेम बहादुर गिरी,रेखा काफ्ले,रुपा दर्जी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधि, जेष्ठ नागरिकहरुको उपस्थिती थियो ।कार्यक्रममा वडाध्यक्ष राईले अाफुहरुलाई जनताले अावश्यक विकास निर्माणको काम गर्न नै जिताएर पठाएको भन्दै वडाले गरेको विकास निर्माणको कामहरुमा साथ दिन र अावश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो ।

कार्यक्रमको सञ्चालन वडा सचिव हिरामान राईले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।