धनकुटामा जारी वृहत नि:शुल्क स्वास्थ्य शिविरको सातौं दिन सवैभन्दा बढी शल्यक्रिया
धनकुटा । धनकुटामा जारी नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको सातौ दिन सवैभन्दा बढी शल्यक्रिया भएको छ । अन्य दिनको तुलनामा ७ औं मुख्य १४ र साधारण २६ जनाको शल्यक्रिया गरिएको स्वास्थ्य शिविर मूल आयोजक समितिले जनाएको छ ।
त्यस्तैगरि ६० जनाको दांतको उपचार गरिएको शिविर मूल आयोजक समिति सचिवालय समितिका सदस्य विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
यसैवीच संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटा जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ का सांसद निरन राई,महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय ,नेकपा एमाले धनकुटा नगर समितिका अध्यक्ष अर्जुन छारा ,मदन वस्याल,मुल आयोजक सचिवालय सदस्यहरु विजय सन्तोषी राई, विष्णु माया कन्दङ्गवा, पुरेन्द्रलाल श्रेष्ठ ,धनकुटा नगरपालिका कार्यालय वातावरण शाखका प्रमुख उपेन्द्र खनाल लगायतको टोलिले स्वास्थ्य शिविरको अनुगमन गरी शल्यक्रिया गरिएका विरामीहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नंं १ धनकुटाका प्रदेश सांसद निरन राईको अध्यक्षतमा सम्पन्न शिविरको समिक्षा कार्यक्रममा संविधान सभा सदस्य श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका मेयर राय, मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ,स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान,सचिवालय समितिका संयोजक रत्न दर्लामी, प्रचार प्रसार समितिका संयोजक नगेन्द्र राई, आयोजक समितिका सदस्य पुरेन्द्रलाल श्रेष्ठ ,सदस्य दवेन्द्र प्रधान, आर्थिक समितिका सदस्य उर्गेन शाक्य लगायतले स्वास्थ्य शिविर दिन प्रतिदिन ज्यादै उपलब्धिमुलक बन्दै गएकोले लक्षित वर्गलाई सेवा प्रदान गर्न सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।
समिक्षा कार्यक्रममा स्वास्थ शिविर मुल आयोजक समितिका संयोजक श्रेष्ठ र अलोहवा मेडिकल मिसिनका टिम लिडर डां विकास गुप्ताले अहिलेसम्म शिविर संचालनको अवस्था र भावी कार्यक्रमको सम्वन्धमा जानकारी गराएका थिए ।
नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठागुठीको शल्यक्रिया र दातको उपचार सेवा प्रदान गरिदैछ ।


