धनकुटामा संचालित वृहत नि:शुल्क स्वास्थ्य शिविरमा आठौ दिन ९३ जनाको शल्यक्रिया

धनकुटा । धनकुटामा अस्पतालमा संचालन भैरहेको निशुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज आठौ ९३ जनाको शल्यक्रिया र ५० जनाको दातको उपचार भएको छ । आठौ दिनको शल्यक्रिया स्वास्थ्य शिविरको पनि समिक्षा कार्यक्रम सम्पन्न भयो ।

धनकुटा अस्पतालमा संचालन भैरहेको वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा आज आठौ दिन मेजर १८ जना ,माईनर २५ जना पायल्स ५० जनाको गरी ९३ जनाको शल्यक्रिया भएको र ५० जनाको दातको उपचार भएको मुल आयोजक समिति सचिवालय समितिका सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।

अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर,डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाण्डौ र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिरहनु भएको मुल आयोजक सचिवालय समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख तथा शल्यक्रिया स्वास्थ्य शिविर अनुगमन समितिका संयोजक निरेन तामांगको अध्यक्षतामा भएको समिक्षा तथा अनुगमन कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ , आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ,सहसंयोजक तथा सल्भ नेपालका अध्यष राजेन्द्र वहादुर प्रधान, भीम दल गणका मेजर राज कुमार पुन ,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक होम प्रसाद अधिकारी,सशस्त्र प्रहरी बल छिन्ताग गुल्मका प्रहरी निरिक्षक सुरज केशी,नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाका सभापती छत्र श्रेष्ठ, स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान,सचिवालय समितिका संयोजक रत्न दर्लामी, प्रचार प्रसार समितिका संयोजक नगेन्द्र राई, आयोजक समितिका सदस्य पुरेन्द्रलाल श्रेष्ठ ,सदस्य दवेन्द्र प्रधान, आर्थिक समितिका सदस्य उर्गेन शाक्य लगायतले शल्यक्रिया स्वास्थ्य शिविर दिन प्रतिदिन ज्यादै उपलब्ली मुलुक बन्दै मुल आयोजक सचिवालय सदस्यहरु विजय सन्तोषी राई, विष्णु माया कन्दङ्गवा, पुरेन्द्रलाल श्रेष्ठ ,धनकुटा नगरपालिका कार्यालय वातारढा शाखका प्रमुख उपेन्द्र खनाल लगायतले अनुगमन गरी शल्यक्रियाको अनुगमन गरी शल्यक्रियाभएका विरामीहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी दिनु भएको थियो ।

सो अवसरमा मुल आयोजक समितिका सयोजक रोशेष श्रेष्ठ र अलोहवा मेडिकल मिसिनका टिम लिडर डां विकास गुप्ताले अहिले सम्म शिविर संचालनको अवस्था र बाकी दिनको शिविरको वारेमा जानकारी गराउनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।