फेरी भेटौला भन्ने बाचाका साथ अलोहवा मेडिकल मिसन अमेरिकाको टोलीलाई धनकुटाबाट गरियो बिदाई

धनकुटा,१४ असोज । धनकुटामा अला्हपा मेडिकल मिसन अमेरीका र नेपालको विभिन्न स्थानबाट विशेषज्ञ चिकित्सकहरुको टोलीलाई आज १४ दिन पछि फेरी भेटौला भन्ने बाचाका साथ भब्य विदाई गरेको छ ।

गरिव असाहय र पहुच विहिनहरुको धनकुटा अस्पतालमा गत भाद्र ३१ गते धनकुटा आउनु भई अशोज १ गते देखी अशोज १२ गत सम्म निरन्तर शरुपमा निशुल्क शल्यक्रिया गरी फकिन लाग्नु भएका अलोहवा मेडिकल मिसन अमेरीका र नेपालको विभिन्न स्थानबाट आउनु भएको चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको टोलीलाइ आज धनकुटा अस्तपालबाट फेरी भेटौला भन्ने बचनका साथ भव्य विदाई आयोजक समितिले गरेको छ ।

अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर,डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जना र नेपालका विभिन्न स्थानबाट १३ जना गरी ५४ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीलाई धनकुटावासीको तर्फबाट वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ,मुल आयोजक समितिका सचिवालय सदस्यहरु विजय सन्तोषी राई,पुरेन्द्रलाला श्रेष्ठ,दोर्ण प्रसाद गुरागाई,दिनेश अमात्य,रत्न दर्माली,शम्भु प्रधान,विष्णु माया कन्दङ्गवा,देवेन्द्र प्रधान,आर्थिक समितिका सदस्य उर्गेन शाक्य,विदाई समितिका सदस्य रेणु श्रेष्ठ,निर्मला वहिन लगायतले नेपाली ढाकाको टोपी,दोसल्ला ओढाएर बिदाई गर्नु भएको थियो ।

उक्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीलाई टिका माला समेत लगाई दिई नेवारी सगुन खुवाएर दुई बर्ष पछी फेरी भेटौला भन्न बाचाका साथ भव्य रुपमा बिदाई गरिएको हो ।

धनकुटा अस्पतालमा १२ दिन सम्म संचालन भैरहेको वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर २२ सय ४९ जनाले नाम दर्ता गरेकोमा १७ सय ७३ जनाको उपचार भएकोमा स्क्रिनिङ्ग ९ सय २३ जनाको भएको जटिल शल्यक्रिया १ सय ४७ जनाको र माईनर २ सय ७ जनाको पायल्सको शल्यक्रिया २सय ७९ जनाको र दातको उपचार ५६६ जनाको उपचार भएको र ५ जनालाई क्रितिम हात जडान गरेको शिविर संचालन सचिवालय समितिका सदस्य तथा सूचना अधिकारी विजय सन्तोषी राईले वताउनु भयो ।

सो अवसरमा धनकुटाबासीहरुको तर्फबाट दुई बर्ष पछी पनि धनकुटामा यस प्रकारको निशुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर गर्न अलोहवा मेडिकल मिसन अमेरीकालाई मुल आयोजक समितिका तर्फबाट अनुरोध गरिएको थियो ।

२०६७ साल देखी धनकुटामा यस पटक सम्म गरी ६ पटक र लाहानमा २ पटक गरी नेपालमा यस प्रकारको वहृत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर ८ पटक भैसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।