नवरात्र आरम्भसँगै ताप्लेजुङस्थित पाथीभरामा भक्तजनको घुइँचो

ताप्लेजुङ, २८ असोज : नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन आज सयौँको सङ्ख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

यस क्षेत्रका होटलहरु दर्शनार्थीले खचाखच बनेको फेदीका होटल व्यवसायी ईन्द्रनारायण भट्टराईले बताउनुभयो । पाथीभरा देवीले भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहिआएको छ । समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङ्खलाको दृष्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।

नवरात्रका समयमा देवीको पूजाआरधना गर्न उपयुक्त हुने तथा यो समयमा मौसम पनि खुल्ने भएकाले हरेक वर्ष दसैँमा भक्तजनको घुइँचो लाग्ने गरेको भट्टराईको भनाइ थियो ।

पाथीभरा दर्शनको समय सुरु भएसँगै दर्शनार्थीको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । प्रशासन कार्यालयमा बसेको बैठकले तीर्थयात्रीको आगमनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

पाथीभरा क्षेत्रमा सहज यातायात, आवास, सुरक्षा, भीडभाडलगायत समस्या समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका चेम्जोङको भनाइ थियो ।

सहज यातायातका लागि मन्दिर क्षेत्रका सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको समितिले जनाएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।