धनकुटा अस्पतालमा थप सेवा विस्तार गरी अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा शुरु

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा थप सेवा विस्तार गरी अझ राम्रो गुणस्तरीय सेवा प्रदान गर्दै जाने आज अस्पताल विकास समितिको बैठकले निर्णय गरेको छ ।

धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामागको अध्यक्षतमा सम्पन्न भएको बैठकले धनकुटा अस्पतालबाट प्रदान गरिरहेको सेवामा अझ थप सेवा विस्तार गरी अझ राम्रो थप गुणस्तरीय सेवा प्रदान गर्ने अस्पताललाई अझ व्यवस्थित गर्ने लगायतका विभिन्न निर्णयहरु गरी कार्यन्वयन गर्ने भएको धनकुटा अस्पतालका प्रमुख डा. अभिताव ठाकुरले वताउनु भयो ।

बैठकमा धनकुटा अस्पताल विकास समितिका सदस्यहरु रोशेष श्रेष्ठ,विजय सन्तोषी राई, ममता अधिकारी,लिलानाथ मिश्र,कृष्ण श्रेष्ठ,अस्पताल प्रशासन शाखाका प्रमुख सिला सुब्बा ,जिल्ला समन्वय समितिका खगेन्द्र चौलगाई लगायतले धनकुटा अस्पताललाई १ सय शैयाको रुपमा स्तरउन्नती गरी थप सेवाहरु विस्तार गरी नमुनाका रुपमा संचालन गर्नु पर्ने यसका लागी सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

धनकुटा अस्पतालमा अव मिनि आई सि यू संचालन गर्ने अन्य थप सेवाहरु विस्तार गर्ने ओपिडि सेवा ८ बजे देखी संचालन गर्ने धनकुटा अस्पताललाई अझ व्यवस्थित र अझ प्रभावकारी र नमुनाको रुपमा संचालन गर्ने लगायतका विभिन्न निर्णयहरु धनकुटा अस्पताल विकास समितिको बैठकले गरेको हो ।

केही महिना अघि धनकुटा अस्पतालमा स्त्रिरोग विशेषज्ञ डा. अभिताव ठाकुर आउनु भएपछि धनकुटा अस्पतालको सेवामा विस्तार भई धनकुटा अस्पतालको विश्वसनीयतामा समेत अझ बृद्धी भएको धनकुटा अस्पतालमा शल्यक्रिया सेवा लगायतका थप सेवा विस्तार भएको र विरामीहरुको उपचार गर्न आउने संख्यामा समेत एक्सासी विस्तार भएको छ ।

धनकुटा अस्पताललाई एक सय शैयामा विस्तार गर्ने र भवन निर्माण गर्नका लागी शुरु भएको र धनकुटा अस्पतालमा अझ सेवा विस्तार गरी विशेषज्ञ थप सेवाहरु विस्तार गर्ने र अझ गुणस्तरीय सेवा प्रभावकारी रुपमा शुरु गर्न सवै संग समन्वय गरी सहयोगका लागी पहल भैरहेको धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामागले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।