धनकुटाका आधारभूत अस्पताल निर्माण अलपत्र

धनकुटा । आधारभूत अस्पताल निर्माणका लागि बजेट नआउँदा धनकुटामा निर्माणधीन अस्पताल अलपत्र परेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा निर्माण थालिएको १५ शैयाको आधाभूत अस्पताल बजेट अभाव र निर्माण व्यावसायीका कारण अलपत्र परेको छ ।

संघिय सरकारले पठाउनु पर्ने रमक समयमा नपठाउँदा र निर्माण व्यावसायीको लापरबाहिका कारण आधारभूत अस्पताल अलपत्र परेको हो । गत असार मै निर्माण सम्पन्न भई संचालन हुनु पर्ने अस्पतालको अहिले सम्म जग हाल्ने र केहि फिट पिल्लर ठड्याउने काम मात्र भएको छ ।

संघिय सरकारले पठाउनु पर्ने रमक समयमा नपठाउँदा र निर्माण व्यावसायीका कारण अस्पताल निर्माण कार्य ढिलाई भएको महालक्ष्मी नगरपालिकाका प्रमुख धुव्रराज रायले बताए । अहिले अस्पताल निर्माणका लागि समय थप गरिएको र अब भने समय मै काम सम्पन्न गर्ने गरि संयोजनको काम समेत भई रहेको नगर प्रमुख रायको भनाइ थियो ।

त्यस्तै धनकुटाको साँगुरीगढी गाँउपालिकामा आधारभुत अस्पतालको लागि जग्गा प्राप्ती र डिपिआर बाहेक अरु केहि काम अघि बढ्न सकेको छैन ।

अघिल्ला जनप्रतिनिधिले अस्पताल निर्माणको प्रक्रिया अगाडी नबढाएकाले काममा ढिलाई भएको र अहिले सबै प्रक्रिया पुरा गरी स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकेको छ तर मन्त्रालयवाट फाइल स्वीकृत गर्ने र बजेट व्यावस्थापनको स्पष्ट आधार नआएकाले काम अघि बढ्न नसकेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

धनकुटाकै चौबिसे गाँउपालिकामा पनि अस्पताल निर्माणको काम ४० प्रतिशत काम भएको छ । आधा पालिकाले आधा संघिय सरकारले खर्चगर्ने गरी सम्झौता भएकाले काम गर्न असहज भएको पालिकाले जनाएको छ । छथर जोरपाटी गाउँपालिकामा समेत बजेट नआए पछि काम रोकिएको छ । शहिदभुमी गाँउपालिका र पाख्रिवास नगरपालिकामा पनि प्रगती निक्कै न्युन छ ।

सरकारले एक साथ आधारभुत अस्पतालको शिलान्यास गरेको करीब ३६ महिना बितेको छ तर यो अबधीमा उपलब्धी भने लगभग शुन्य छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा सबै स्थानीय तहमा आधारभुत अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ ।

स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।