महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाका उपमेयर मन्जुकुमारी कार्कीको प्रमुख आतिथ्यमा गत शुक्रवार साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष मिलन बरालले सहकारीको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । सहकारीका लेखा संयोजक कृष्ण दाहालले सहकारीको आर्थिक वर्ष २०७९/८० काो १५ लाख ६२ हजार ९ सय ९६ आम्दानी र खर्च तर्फ १२ लाख ९७ हजार ३ सय ६७ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
वार्षिक साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट बालबचत तर्फ नितेश कार्की ,उत्कृष्ट कर्जाबचत तर्फ ईन्द्र माया कार्की ,समुहबचत तर्फ विभिन्न ३० वटा समूह, अन्तरसमुह ५ वटा ,शेयर खरिदकर्ता तर्फ मोहोन अधिकारी र उद्यामी तर्फ सन्तोष वानियालाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभएको थियो ।
साधारणसभाका प्रमुख अतिथि उपमेयर कार्की ,जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी ,महालक्ष्मीनगरपालिकाका पुर्व मेयर पर्शुराम नेपाल ,महालक्ष्मी नगरका अधिकृत खगेन्द्र नेपालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारणसभामा महालक्ष्मी वडा नं ८ का वडाअध्यक्ष राम बहादुर खड्का ,वडा नं ९ का वडाअध्यक्ष टेक बहादुर थापा , महालक्ष्मी, सहकारीका सेयरसदस्यहरु, नगरका विभिन्न सहकारी संस्था, समुहका प्रमुख तथा प्रतिनिधि लगायत सामाजिक संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति थियो।








