धनकुटामा सवैभन्दा बढी आयकर बुझाउने गुरांस लघुवित्तलाई अभिनन्दन
धनकुटा । १२ औ राष्ट्रिय कर दिवसको सप्ताह व्यापी कार्यक्रमको समापन कार्यक्रममा करदाता सेवा कार्यालय धनकुटाले धनकुटा कार्य क्षेत्रमा सवै भन्दा बढी आय कर बुझाउने गुरास लघुवित्त वित्तीय संस्था लिं धनकुटालाई अभिनन्दन गरेको छ ।
करदाता सेवा कार्यालय धनकुटाको तर्फबाट गुरास लघुवित्त वित्तीय संस्था लिं धनकुटाले सवैभन्दा बढी आयकर धनकुटामा बुझाउनु भएकोले प्रदान गरिएको अभिनन्दन पत्र उक्त वित्तिय संस्थाका अनुगमन अधिकृत राजन खत्री र फिल्ड कर्मचारी रेविका कुलुङ्ग राई लाई आज धनकुटामा एक समारोहका विच कर अधिकृत तथा कार्यलय प्रमुख सुजन थापा र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सम्मान गरी प्रदान गर्नु भएको हो ।
आर्थिक बर्ष २०७८/०७९ को आय कर करदाता सेवा कार्यालय धनकुटा क्षेत्र अन्र्तगत धनकुटामा सवै भन्दा बढी १ करोड २५ लाख ५० हजार ७ सय ८७ रुपैया आय कर गुरास लघुवित्त वित्तीय संस्था लिमिटेड धनकुटाले बुझाएकोले यस बर्ष अभिन्दन गरिएको करदाता सेवा कार्यालय धनकुटाका डाटा ईन्ट्रिसुपरभाईजर अनुजा पराजुलीले वताउनु भयो ।
आन्तरिक राजश्व कार्यालय धरान करदाता सेवा कार्यालय धनकुटाका प्रमुख कर अधिकृत सुजन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, करदाता सेवा कार्यालय धनकुटाका कम्प्युटर अपरेटर सन्जय पण्डित,डाटा ईन्ट्रिसुपरभाईजर अनुजा पराजुली,कर्मचारीहरु मन कुमार राई,गुरु प्रसाद अधिकारी ,माधुलालचौधरी,पुष्प कटुवाल,करदाताहरु,मुकुन्द अधिकारी,त्रिविक्रम दाहाल ,राम कुमारी लिम्बु, सूर्य वहादुर थापा,धनमाया लिम्बु लगायत उद्यमी तथा व्यावसायीहरु र करदाताहरुकोको सहभागीता थियो ।


