धनकुटाको सहिदभूमिमा नि:शुल्क पशु स्वास्थ्य शिविर सुरु
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा नि:शुल्क पशु स्वास्थ्य शिविर सुरु भएको छ । सोमबार गाउँपालिकाको पशुविकास शाखाले वडा नं २ अखुवाटारबाट उक्त शिविर सुरु गरेको हो ।
उक्त शिविरमा ६८ घरधुरी कृषकले पालेका पशु चौपायाको स्वास्थ्य जाँच गर्दै ओैषधि वितरण गरिएको पशु बिकास शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनु भयो ।
जस अनुसार उपचार तथा ओैषधी वितरण गाई-गोरु १ सय ७४ ,भैंसी ६,बाख्रा ७ सय १३ , कुखुरा ८ सय ९५, बंगुर५० र २५ वटा रेविज विरुद्धको खोप लगाएको पशु शाखा प्रमुख पौडेलले बताउनुभयो । शिविर गाउँ पालिका अध्यक्ष मनोज राईले किसानलाई ओैषधि वितरण गर्दै सुरु गर्नु भएको थियो ।
शिविरमा वडा सदस्य सोम राना , पशुप्राविधिकहरु वासुदेव बास्काेटा ,लाेकमान राई , दिपक राई ,रमित वली र हरिकुमार राई सहाभागि थियो । शिविर क्रमश: अन्य वडामा सञ्चालन गरिन्ने गाउँपालिकाले जनाएको छ ।





